गजल
भात्किएको घर मेरो नत झ्याल नत दैलो
किसानको छोरा परे मत सधैं धैलो मैलो !!
न त दसैं न तिहार कस्तो रैछ कर्म मेरो
हुनेलाई सधैं चाड पर्ब हुन्छ देउशी भैलो!!
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): gaule, jeetu, Khadka, Pallawa, गाउँले · सङ्ग्रह गरिएको: गजल
गजल
टाढा हुँदा संसार शुन्य को हौ त्यस्तो तिमी
छोडि टाढा नजाउ भन्ने को हौ त्यस्तो तिमी ?
उसको तिमी उनको तिमी तिम्रो तिमी मेरो तिमी
मन वुज्ने आँखा पढ्ने को हौ त्यस्तो तिमी
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): Devkota, Pallawa, prakriti, Sumi, प्रकृति · सङ्ग्रह गरिएको: गजल
“गजल”
नझुल्केरै पनि मिर्मिरेमा उदायौ कसरी ?
थाहै नदि”ई यो भित्री कलेजी चुडायौ कसरी ??
अनायसै चिनजानी भएपछि चोखो माया !
बस्या महाशुष नभ”ई तन जुदायौ कसरी ??
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
सङ्ग्रह गरिएको: गजल
के भयो आज मलाई
लेख्नै परे आज मलाइ शोकमा ।
गायी रहे शोक गरी बिहालमा ।।
रोई कराएर गला भरी यहाँ ।
आमा गई छोडि पराइको वहाँ ।।
(१)
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): Bhatta, laxmidatta, Pallawa, Satyakremi, सत्यप्रेमी · सङ्ग्रह गरिएको: पद्य–कविता
छन्दात्मक गजल–
काँहा काँहा देखे देखे जस्ति रैछौ कालि डल्ली ।
नैना रेश्मी ओठै हिड्ने पारि रैछौ हल्लि हल्ली ।
आम्मै कस्ती राम्री रैछे राखु जस्तै गोजिमा त्यो ।
हेरी हेरी आँखै दुख्यो देख्न थाले ढल्लि ढल्ली ।
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): ANjan, Dilip, Kanchha, Pallawa, rai, कान्छा · सङ्ग्रह गरिएको: गजल
शब्दयात्रा प्रकाशनले पाँचजनालाई सम्मान गर्ने
बनेपा / शब्दयात्रा प्रकाशनले वरिष्ठ कवि श्यामदास वैष्णव, शिक्षासेवी श्रीमती अङ्गुरबाबा जोशी, साहित्यिक पत्रकार मोहन दुवाल, पत्रकार रामचन्द्र हुमागाईं र आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायलाई सम्मान गर्ने भएको छ ।
बालसाहित्यका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएकोमा श्यामदास वैष्णवलाई ‘शारदा बालसाहित्य सम्मान’ बाट, शैक्षिक विकासमा उत्कृष्ट योगदान पुर्याएकोमा अङ्गुरबाबा जोशीलाई ‘होम-तोत्र शिक्षा सम्मान’ बाट, कवि नन्दिकेश्वर अधिकारी र उनका साहित्यिक सन्ततिहरूका विषयमा अन्वेषण, लेख र प्रकाशन गरेकोमा मोहन दुवाल र रामचन्द्र हुमागाईंलाई ‘नन्दिकेश्वर अधिकारी शोध सम्मान’ बाट सम्मानित गर्न लागिएको हो ।
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): Lamichhane, Rishiprasad, sailo, Show Gorkhe, ऋषिप्रसाद, लामिछाने · सङ्ग्रह गरिएको: विविध जानकारी एवम् अनुरोध
जीवन बाँच्न रक्सीको साथ: पुरुषार्थ कि कायरता ?
‘नसा तत्कालीन आत्महत्या हो, त्यसबाट प्राप्त सुख नकारात्मक छ ।’— बर्टान्ड रसेल ।‘नसामा क्रोधमा जस्तै ग्लानिको वेग पनि रहेको हुन्छ ।’—प्रेमचन्द‘संसारका सम्पूर्ण सेनाहरु मिलेर त्यति धेरै मानिस र सम्पत्ति नष्ट गर्न सक्दैनन् जति रक्सी पिउने आदतले गर्दछ ।’— जोन मिल्टन‘नसामा मदहोस मानिसको अनुहार उसकी आमालाई पनि नराम्रो लाग्दछ ।’— तिरुबल्लुबर‘रक्सीको उपयोग त केवल स्वयम्लाई भुलाउनका लागि हो, स्मरण गर्नका लागि होइन । जीवनको सिर्जनात्मक विकास आत्मचेतनामा नै सम्भव छ ।’—महादेवी बर्मा
May 19, 2012
·
NIK Joshi ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): Bhandari, Laxman, Pallawa, भण्डारी · सङ्ग्रह गरिएको: दर्शन साहित्य
काँडा मर्दछ
बर्षाद्को बेला बर्षेर पानी पर्ने त भयो नी !
खोला र नाला उराल्न झर्ना झर्ने त भयो नी !!
जिन्दगी यस्तै घाम र छायाँ झर्ना र खोला हो !
जगतको सृष्टि नबुझ्दा यो मन मर्ने त भयो नी !!
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): ''आँचल'', Aanchal, Pallawa, Poudel, Sumitra · सङ्ग्रह गरिएको: गद्य–कविता
बाल “गजल”
लत्याएरै फाली रे
पैला अन्तै चाली रे ।
स्वार्थि रै’छ निर्दयी,
जाँदा दिई गाली रे ।
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): Pallawa, rai, Sangam, subas, राई · सङ्ग्रह गरिएको: बल गजल
पास्निता
आज ठ्याक्कै तीन हप्ता भो हाम्रो बोलचाल नभएको । सायद अब हुदैन पनि होला । मलाई त्यस्तै लाग्छ, किनकी अबको केही हप्ता पछि नै म आफ्नो स्वदेश र्फकदैछु र उनी पनि । मलाई त्यो थाहा छ हाम्रो भिषाको म्याद एउटै महिना समाप्त हुदैछ । एउटै कम्पनी, एउटै बिल्डिङ्ग र एउटै तला मै वल्लो पट्टी पल्लो पट्टी हाम्रो काम छ तर अहिले बोलचालको सृंखला पुर्णतः समाप्त भईसकेको छ । न इमेल न च्याट हाम्रो सबै सम्बन्धको बाटोहरु बन्द भइसकेका छन् । दैनिक घण्टौ हुने फोन वार्ता नभएको पनि धेरै भयो । एस. एम. एस. लेखेर टचफोन ह्याङ्ग हुन छाडेको छ । एक अर्थमा मलाई आनन्दै लागेको छ । कम से कम काममा कसैले बाधा त पुर्याउदैन । म इन्जिनियरीङ्ग डिपार्टमेन्टको सव-इन्जिनियर उनी अर्थात पास्निता क्वालिटि डिपार्टमेन्टकी सेक्सन लिडर, कम्पनीमा हाम्रो जिम्मेवारी यही हो ।
May 19, 2012
·
gorkhe_sailo ·
प्रतिक्रिया दिनुहोस्
टाँसिएको (Tagged in): jeetman, Pallawa, rai, Sabin, सवबिन · सङ्ग्रह गरिएको: कथा











कवि उज्ज्वल जी.सी.व्दारा लिखित निरीह समयमाथि कवितासङ्ग्रहको हालै एक समारोहकाबीच वरिष्ठ साहित्यकार डायमनशमशेर राणाले विमोचन गर्नु भयो । उक्त कृतिका बारे समीक्षात्मक टिप्पणी गदै डा. खगेन्द्र लुइटेलले जी.सी का कविताहरूले वर्तमान युगिन नेपालको यथार्थलाई सटिक ढंगले प्रस्तुत गर्नुका साथै प्रत्येक कविताका शीर्षक अन्तिम पंक्तिबाट गरिनु नयॉं प्रयोग भएको बताउनु भयो ।



पल्लव साहित्य प्रतिष्ठानले


